२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हङकङ सिक्सेसः नेपालको चौथो हार, यूएईसँग ४३ रनले पराजित

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ। आइतबारको खेलमा यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित ६ ओभरमा चार विकेटको क्षतिमा ८६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि आदिल आलमले ३२ रन, र सन्दीप जोराले नटआउट ३१ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ६ ओभरमा चार विकेट गुमाएर १२९ रनको विशाल स्कोर बनाएको थियो।

यूएईका निलांश केसवानीले १५ बलमा विस्फोटक ७३ रन जोडे — जसमा १० छक्का र तीन चौका समावेश थिए।

नेपालका लागि राशिद खानले दुई विकेट, जबकि लोकेश बम र रुपेश सिंहले एक–एक विकेट लिएका थिए।

हङकङ सिक्सेसमा नेपालले हालसम्म पाँच खेल खेलेको छ, जसमा उसले भारतविरुद्ध एक मात्र जित, र अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट