२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल ट्रष्टको जमिन लिज प्रकरणमा ट्रस्टका पूर्वसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जमिनको लिज प्रकरणमा नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।

उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

उनीविरुद्ध संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

६६ वर्षीया कार्की चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका– १५ का हुन् । यस प्रकरणमा पक्राउ गर्नुपर्ने अन्य व्यक्तिको पनि पहिचान भइसकेको सिआइबीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ