२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यसवर्ष आएको वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

बुधवार , कार्तिक २६, २०८२

काठमाडौँ । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ ।

वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।

गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशतअर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

उनका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी, वर्षा, भू–क्षयलगायत विपद्का कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको छ । विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो । क्षतिले लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ ।

वर्षाले धान पाक्ने समयमा किसानले समयमै धान काट्न नपाएको र काटेको धान उठाउन नपाएका कारण सम्बन्धित किसानलाई ठूलो क्षति भएको हो । खेतमै काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पु¥याएको क्षतिका कारण धान उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ ।

मौसम विभागले सम्भावित वर्षाको जानकारी समयमै गराएकाले मन्त्रालयले पनि सोहीअनुसारको सूचना किसानलाई प्रसारण गरी मौसम पूरा सफा भएपछि मात्र धान काट्न सुझाव दिएकाले पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सूचना अधिकारी जोशीले जानकारी दिए ।

मन्त्रालयले किसानलाई मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायतमा सहयोग उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ