२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नोबेलको घोषणा : वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान, देश–विदेशका स्वास्थ्य अनुसन्धानकर्ताले अनुदान लिन सक्ने

बुधवार , कार्तिक २६, २०८२

विराटनगर । देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ ।

विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुसन्धान क्षमता अभिबृद्धी गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो ।

मिति २०८२ कार्तिक २६ गते नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल कुमार शर्मा र उनकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रुपमा अनुसन्धान इकाईको उद्घाटन गरेका थिए । नोवेलका बोर्ड सल्लाहकार सोइना शर्मा, नोवेलका पदाधिकारीहरु, विभिन्न विभागका फ्याकल्टी सदस्यहरु, अनुसन्धान इकाईका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थितिमा भएको कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाई प्राप्त गरिसकेको र त्यससंगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याउदै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठूलो योगदान गर्ने र यस कार्यको लागि उनले डा. सुनिल कुमार शर्मा तथा शर्मा परिवारको अभिभावकत्व प्रति आभार व्यक्त गरेका थिए ।

यसै क्रममा नोवेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरन्जन कुमारले खुशी व्यक्त गर्दै विश्वमा स्वास्थ्य एवं चिकित्साको क्षेत्रमा सवै भन्दा बढी अनुसन्धान हुने गरेको र यहाँ पनि अनुसन्धानको कार्यलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढ्न आवश्यक रहेको औंल्याए ।

नोवेलका प्रमुख कार्यकारी अधिकारी प्रा. डा. रामहरी घिमिरेले अनुसन्धान तथ्यपरक हुनु पर्ने र हाम्रा अनुसन्धानहरु यथार्थपरक ढंगबाट सम्पन्न गरी चिकित्सा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउन सक्ने हुनु पर्नेमा जोड दिए ।

प्राचार्य प्रा. डा. राजेश नेपालले मन्तव्य राख्ने क्रममा बार्षिक १० लाखको अनुसन्धान अनुदानको समेत घोषणा गरेका थिए । घोषित पुरस्कार अनुसार नोवेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, चिकित्सा कर्मचारी, विद्यार्थीहरुको अनुसन्धान टोली ३ वटा र नोवेल बाहिरका ३ गरी बार्षिक ६ वटा नेपाल भित्रका र दुई वटा अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिने छ ।

यो अनुदान प्राप्त गर्न नोबेलको अनुसन्धान इकाईको कार्यविधी अनुसारको प्रकृया पुरा गरेर आउनु पर्ने छ । कार्यक्रमको समापन गर्दै प्रा. डा. विश्वनाथ अधिकारीले शुभकामना व्यक्त गर्नु भएको थियो । संस्था भित्र र संस्था बाहिर साथै अन्तर्राष्ट्रिय अनुसन्धान कर्ताहरुलाई प्रदान गर्न लागिएको यस प्रकारको अनुसन्धान अनुदान कार्यक्रम प्राइभेट मेडिकल कलेजहरु मध्ये पहिलो भएको श्रोतले बतायो ।

नेपालका दुरदराजका स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, विपन्न विरामीहरुको निःशुल्क उपचारदेखि आर्थिक विपन्नता भएका जेहनदार विद्यार्थीहरुलाई पारामेडिकल, एम वी वी एस, वी डी एस, वि एस्सी नर्सिङ्ग, वि एन एस लगायतका विषयहरुमा छात्रवृत्ती प्रदान गर्दै आएका डा. सुनिल शर्माले नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा विशेषज्ञ एवं विशिष्ट सेवाहरु निरन्तर रुपमा थप गर्दै स्वास्थ्य सेवालाई गुणस्तरीय सर्वसुलभ रुपमा उपलव्ध हुने व्यवस्था गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ