काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।
डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौंमा सम्झौता भएको हो । जसमा डाबर रेड पेस्ट र डाबर हनि सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्।
सम्झौतापछि बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले भने, ‘यह साझेदारीले नेपाल प्रिमियर लिगका शीर्ष टिममध्ये एक सुदूरपश्चिम रोयल्सलाई डाबर रेड पेस्ट – नेपालको नं. १ टूथपेस्ट ब्रान्ड तथा डाबर हनी – विश्वको नं. १ मह ब्रान्डसँग एकसाथ ल्याएको छ। हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षामा छौँ ।’
यसैबीच, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने 'हामी हाम्रो टिमसँग डाबर जस्तो ब्रान्ड जोडिनुमा अत्यन्तै खुशी छौँ। यस सम्झौताले टोलीमा अझ बढी ऊर्जा र उत्साह थपेको छ।'
प्रतिक्रिया दिनुहोस