२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएल सिजन–२ मा टिकटबाट १२ करोड उठाउने क्यानको योजना, एनपीएलको तयारी पूरा

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा टिकटबाट १२ करोड रुपैयाँ उठाउने योजना बनाएको छ।

क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

मंसिर १ गतेदेखि सुरु हुने एनपीएल सिजन–२ प्रतियोगिताको तयारी पूरा भएको पनि क्यानले जनाएको छ । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ ।

क्यानले उद्घातन दिनको टिकट मुल्य एक हजार र १५०० तोकेको छ । फाइनल र प्लेअफको लागि एक हजार र दुई हजार तथा सामान्य दिन पाँच सय र एक हजार टिकट तोकेको छ ।

त्यस्तै, क्यानले दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी पैसा उठ्ने अनुमान गरेको छ ।

क्यानका अनुसार हालसम्म १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमहरुबाट, ओटिटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१५ क्यानलाई ८ देखि १२ करोड टिकटबाट उठ्ने अनुमान छ ।

एनपीएलको उद्घाटन खेल मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ । उक्त खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट