२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन र अन्य समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ