२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

दल दर्ताको होडबाजीबारे शिक्षामन्त्री पुनले भने, आफुलाई पुर्ने खाल्डो आफै खन्दैछन्

सोमवार , मंसिर १, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै दल दर्ताको दौडमा लागेपछि असन्तुष्टि प्रकट गरेका छन् ।

जेनजी आन्दोलन सुरु गरेर नयाँ राजनीतिक विकल्पको कुरा गर्ने व्यक्तिहरुले नै छुट्टाछुट्टै दल दर्ता गर्न थालेपछि उनी असन्तुष्ट बनेका हुन् ।

मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत दल दर्तासम्बन्धी समाचार शेयर गर्दै सानातिना विषयमा नमिलेर छुट्टाछुट्टै पार्टी दर्ता गर्ने प्रवृत्ति ‘घातक’ हुने टिप्पणी गरे। उनले जेनजी नेताहरुले ‘आफैँ आफ्नो खाल्डो खनेको’ आरोप पनि लगाए ।

फेसबुक पोस्टमा उनले लेखेका छन्, “हेर्नुहोस्, १२३ दल दर्ता भइसकेछन् र ३२ दल दर्ता हुने प्रक्रियामा रहेछन्। यी सबैले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।”

उनले यो प्रवृत्तिले पुरानै दल र पुरानै नेताहरुको शासन फर्किन सक्ने चेतावनी दिए । जेनजी आन्दोलनको उद्देश्य कमजोर बन्ने र अहिलेको मन्त्रीमण्डलले गरेका सकारात्मक काम पनि फेरि पुरानै ‘भ्रष्टाचारी’ दलहरुले उल्ट्याउने खतरा रहेको उनको भनाइ छ।

मन्त्री पुनका अनुसार, “यसरी नै गए पुरानै जाली–फटाहा नेताहरू र उनीहरुको आसेपासेहरुको शासन फेरि फर्किन्छ। जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ।”

निर्वाचन आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता प्रक्रियामा छन् । तीमध्ये केही नयाँ दलहरू जेनजी अगुवाहरुले नेतृत्व गरेका समेत उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट