काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीहरूको भाषा परीक्षा आजदेखि सुरु भएको छ।
पहिलो चरणमा उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएका ६७ हजार परीक्षार्थीको परीक्षा सञ्चालन भइरहेको छ। कुल एक लाख २,५१५ जनाले सन् २०२५ मा कोरिया जान आवेदन दिएका छन्। पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखिएको छभने दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रका ३५ हजार जनाको परीक्षा हुने योजना रहेको छ।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी गरिएको छ।
यसअघि, कोरिया जान रोस्टरमा रहेका केही युवाहरूले आफूहरूलाई प्राथमिकतामा राखेर लैजानुपर्ने माग गर्दै परीक्षा स्थगित गर्न अनुरोध गर्दै आएका थिए।
दक्षिण कोरिया हाल १७ भ्एक् सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक भित्र्याउने देश हो।
प्रतिक्रिया दिनुहोस