काठमाडौं । आज देखि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुँदैछ । एनपीएलमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
एनपीएलको सुरक्षार्थ १९ सय प्रहरी, २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
आजको उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्जबीच दिउँसो ४ बजेबाट सुरु हुनेछ । दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।
एनपीएल मंसिर २८ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस