२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर काठमान्डुले पहिला फिल्डिङ गर्ने

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा आज काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दै छन् ।

सो खेलका लागि काठमान्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । काठमाडौँले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, स्कटल्यान्डका जेरहार्ड इरास्मस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल तथा इङ्ल्यान्डका बेन चाल्र्सवर्थ र जोन सिम्पसनलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

काठमाडौँले अन्य खेलाडीमा भीम सार्की, शाहव आलम, राशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापा रहेका छन् ।

जनकपुर बोल्ट्सका प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाल रहेका छन् । जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिर र वायने पार्नेल, श्रीलङ्काका लाहिरु मिलान्था, अमेरिकाका सञ्जय कृष्णमुर्ती र नामिबियाका निकोल लोफ्टी इटोनलाई टोलीमा समावेश गरेको छ ।

जनकपुरको टोलीमा आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास आग्री र सचिन भट्ट रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट