काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जलाई जितका लागि १३१ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक हाने । उनले ४१ बलमा ५४ रन बनाए ।
बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस