२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आशिफ बने दोस्रो संस्करणको एनपीएलमा अर्धशतक हिर्काउने पहिलो खेलाडी

सोमवार , मंसिर १, २०८२

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन् ।

उनले काठमाडौँ गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३० रन बनायो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट