काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो दिन अन्तर्गत दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा भेन्जर्सले टस जितेको छ ।
टस जितेर पोखरा भेन्जर्सले पहिला पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा विराटनगरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि आजै भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस