२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरले बनायो एनपिएलकै सर्वाधिक स्कोर, पोखरालाई २२१ रनको विशाल लक्ष्य

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एजेभन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ ।

मंगलबार टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले पोखरा एजेभन्जर्सविरूद्ध ६ विकेटको क्षतिमा २२० रन जोडेको हो । यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो ।

विराटनगरका लागि लोकेश बमले ७२ रन बनाए । त्यस्तै, मार्टिन गुप्टिलले ६१ रन बनाए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रन बनाए ।

बलिङमा पोखराका म्याट टेल्लरले २ विकेट लिए । कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट