काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ ।
बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि हर्मित सिंहले २० बलमा ५३ रनको आक्रामक अर्धशतक प्रहार गरे ।
त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५ र इसान पाण्डेले ११ रन बनाए ।
बलिङमा काठमाडौंका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस