काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपस्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
सुदूरपस्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १९ बल बाँकी छँदै ११८ रनमा समेटियो ।
काठमाडौंका ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे ।
सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक–एक विकेट लिए ।
यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।
सुदूरपश्चिमका हर्मित सिंहले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ५३ रन बनाए । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५ र इसान पाण्डेले ११ रन बनाए ।
बलिङमा काठमाडौंका करण केसीले सर्वाधिक ४ विकेट लिए । सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस