२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दामा आज पेसी

बिहिवार , मंसिर ४, २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी र सङ्गठित अपराध अभियोगको मुद्दामा आज पेसी तोकिएको छ।

सहकारी ठगीका अभियुक्त लामिछाने र जोशी गत हप्ता मुद्दाको मूल मिसिल उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट झिकाउने अनुमति पाएका थिए। उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको छ र गोलाप्रथाबाट इजलासको टुङ्गो लाग्नेछ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेका थिए, तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो। यस आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

अदालतले दुवै अभियुक्तको मुद्दा एकै साथ हेर्न आदेश दिएको थियो। आज पेसी तोकिएपछि कानुन व्यवसायीहरू बहसमा सहभागी हुन तयार रहेका छन्। लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट