२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रदेश सरकारले तोकेको धानको समर्थन मूल्य चितवनका किसानले नपाएको गुणासो

बिहिवार , मंसिर ४, २०८२

चितवन । चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।

प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् । माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरुले प्रतिक्विन्टल मोटा धान दुई हजार ६०० र मध्यम धानको तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गरे ।

भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धान बेच्नु परेको गुनासो सुनाउँदै भने, “मोटा धान तीन हजार र मध्यम धान तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।”

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएको बताउछन् । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ