२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चमा पेश, सुनुवाइ हुँदै

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट दर्ता गराएका छन्। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ ।

उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा रिट दर्ता दिएका हुन्। रिटको सुनुवाइ आज (बिहीबार) हुँदैछ। प्रसाईंलाई भक्तपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रशासन र सरकारविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको हो।

प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।

प्रसाईं चौथो पटक पक्राउ परेका हुन्। यसअघि उनी २०८१ असोज ६ गते साइबर मुद्दामा, मंसिर ४ गते आपत्तिजनक अभिव्यक्ति र लगानीसम्बन्धी दाबीका कारण, र चैत १५ गते ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका थिए।

प्रहरीले चार दिन हिरासत अनुमति पाएको र अहिले सार्वजनिक शान्ति तथा अराजक गतिविधि रोक्ने उद्देश्यले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट