काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० र जेजे स्मित ४ रन बनाए ।
बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए । त्यस्तै, सोहिल तन्विरले एक विकेट लिए ।
टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियाे ।
यसका लागि रबि बोपाराले अर्धशतक प्रहार गरे । बोपाराले ५५ बल खेल्दै ४ चौका र ३ छक्काको मदतमा सर्वाधिक ६६ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले २१ रन जोडे । सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाए ।
बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । युवा स्पीनर अभिशेष गौतमले २ विकेट लिए भने गुल्बदिन नइबले पनि २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस