२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कान्तिपुर डेन्टलको विशेषज्ञ टोली मनाङमा, ४ दिने दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले लिए सेवा

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)को प्राविधिक तथा विशेषज्ञ सहयोगमा मनाङमा सञ्चालन भएको चारदिने निशुल्क दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले सेवा प्राप्त गरेका छन्। कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविर दुर्गम हिमाली क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित थियो।

यो पहल गोरखा वेलफेयर ट्रस्टले गरेको हो भने मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङ सह–आयोजकका रूपमा सहकार्य गरेका थिए।

शिविरमा सहभागित टोलीको नेतृत्व गरेका केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले स्थानीय समुदायलाई दन्त स्वास्थ्य परीक्षण, उपचार तथा सचेतनामूलक सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार काठमाडौँबाट डा. रविना चौधरी, डा. सिम्फनी श्रेष्ठ, डा. जानकी गुरुङ, डा. आनिय श्रेष्ठसहित दन्त हाइजिनिष्ट र दन्त प्राविधिकसमेत सहभागी थिए।

चार दिनमा ११५ जनाको दाँत सफा, ११५ को दाँत भराइ, १ को कोर्नोप्लास्टी, १० जनाको डीसीएम उपचार तथा १७८ जनाको दाँत निकालिएको थियो। यस्तै ९४ जनालाई कृत्रिम दाँत (डेन्टुर) प्रदान गरिएको डा. श्रेष्ठले बताए।

शिविरमा मनाङका चारवटै स्थानीय तहबाट आएका एक सयभन्दा बढी विद्यार्थीलाई दन्त हाइजिन तथा दाँत जोगाउने उपायबारे प्रशिक्षण पनि दिइएको थियो।

दुर्गम मनाङमा सहज रूपमा दन्त सेवा नपाइने अवस्थामा सम्पन्न गरिएको यो अभियान स्थानीयका लागि निकै उपयोगी भएको स्वास्थ्यकर्मी टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ