काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।
कर्णालीका ओपनर मार्क वाटले शतक प्रहार गरे । उनले ४४ बलमा ६ चौका र १२ छक्कासहित ११४ रनमा अविजित रहे । उनी एनपीएल–२ मा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
त्यस्तै, प्रियांकन पञ्चाल १२ रन, विल्लियम वोसिष्टो २९ रन बनाए ।
लुम्बिनीका लागि बलिङमा शेर मल्लले एक विकेट लिए ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियाे ।
लुम्बिनीका कप्तान रोहित पौडेलले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे । रुबेन ट्रम्पलम्यानले १३ बलमा अविजित २८ रन योगदान गरे । जेजे स्मिथले २३ तथा डार्शी सटले १९ रन जोडे ।
कर्णालीका लागि नन्दन यादवले २ विकेट लिए । सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले एक–एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस