काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको हो ।
काठमाडौंका आदिल आलमलले अविजित ४८ रन बनाए । ओपनर बेन चार्ल्सवर्थले ३२ रन बनाए । सन्तोष यादवले २६ रन र जेरार्ड एरासमसले १० रन जोडे ।
त्यस्तै, बलिङमा विराटनगरका मर्चेन्ट डे लाङले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस