काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ५ विकेटले पराजित गरेको हो ।
काठमान्डुले दिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
विराटनगरका ओपनर लोकेश बम १४ रनमा आउट भए । जर्ज मन्सेले ३६ रन बनाए । मार्टिन गप्टिलले २५ रन बनाए । बसिर अहमद १९ रन, नरेन भट्ट २४ रन, कप्तान सन्दीप लामिछानेले नटआउट ९ र शुभम रन्जनेले नटआउट ६ रन बनाए ।
बलिङमा काठमाडौंका शाहब आलमले २ विकेट लिए । करण केसी, सन्तोष यादव र इरासमले १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
काठमाडौंका आदिल आलमलले अविजित ४८ रन बनाए । ओपनर बेन चार्ल्सवर्थले ३२ रन बनाए । सन्तोष यादवले २६ रन र जेरार्ड एरासमसले १० रन जोडे ।
त्यस्तै, बलिङमा विराटनगरका मर्चेन्ट डे लाङले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस