२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

चितवनको सिद्धि कल्याण चौरमा बलेरो दुर्घटना हुँदा चालकको मृत्यु

आइतवार , मंसिर ७, २०८२

चितवन । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक राममणि न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिए।

बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट