२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

ह्युमन राइट वाचको प्रतिवेदन : 'जेनजी आन्दोलनमा बिना चेतावनी ताकेरै गोली प्रहार गरेको देखियो'

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले गम्भीर र तत्काल खतरा नहुँदा समेत प्रदर्शनकारीमाथि ताकेरै गोली प्रहार गरेको अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले निष्कर्ष निकालेको छ।

प्रत्यक्षदर्शी, घाइते र चिकित्सकहरूसँगको कुराकानी र दर्जनौँ भिडियो विश्लेषणका आधारमा तयार गरिएका रिपोर्ट अनुसार झडपमा संलग्न नभएका, भागिरहेका, अनि पछाडिबाट समेत निशाना लगाइएका व्यक्तिहरूमा गोली लागेको तथ्य प्रमाण भेटिएको छ ।

ह्यूमन राइट्स वाचलेले साढे दुई महिनाअघिको सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४) मा काठमाडौँ र देशका अन्य स्थानमा भएको ‘जेन–जेड’ आन्दोलनमा सुरक्षाकर्मीहरूले अस्वाभाविक, अत्यधिक र असंगत बल प्रयोग गरेको ठहर गर्दै पाँचवटा मुख्य प्रश्नहरू उठाएको छ। रिपोर्टअनुसार सेप्टेम्बर ८ का प्रदर्शनमा काठमाडौँमा मात्रै १७ जनाको मृत्यु भयो भने उपत्यकाबाहिर २ जनासहित देशभर दर्जनौँ घाइते भए। त्यसको भोलिपल्ट, सेप्टेम्बर ९ मा, विरोध प्रदर्शनका क्रममा दर्जनौँ मानिस हिंसा, आगजनी र भीडद्वारा भएका आक्रमणका कारण मारिएको उल्लेख छ, जसमा एक सुपरमार्केटमा आगजनी हुँदा छ जनाको जलेर मृत्यु भएको तथ्य प्रतिवेदनमा उल्लेख छ ।

रिपोर्टले नेपालको राजनीतिक नेतृत्व र राज्य संयन्त्रप्रति युवामा बढ्दो असन्तोषलाई आन्दोलनको मूल कारण बताएर सामाजिक सञ्जालमार्फत सुरु भएको भण्डाफोर अभियानपछि भ्रष्टाचार, असमानता, कमजोर शासन, र विगतका मानवअधिकार उल्लङ्घनमा दण्डहीनता कायम रहनुले आक्रोश चर्किएको बताएको छ।

२६ वटा सामाजिक सञ्जाल तथा मेसेजिङ एपमा लगाइएको सरकारी प्रतिबन्धले आन्दोलनलाई ‘ट्रिगर’ गरेको उल्लेख गर्दै ह्यूमन राइट्स वाचले आन्दोलन मूलतः स्वस्फूर्त र नेतृत्वविहीन भए पनि केही राजनीतिक समूहका समर्थकहरूद्वारा योजनाबद्ध ढंगले हिंसा फैलाइएकै आशंका उठाएको छ।

प्रतिवेदनले गोली पनि चेतावनी बिना चलाएको प्रमाण देखाएको छ। मेडिकल टोलीलाई रोकिएको, एम्बुलेन्समाथि आक्रमण भएको र घाइतेहरूलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढेको आरोप पनि लगाइएको छ।

झडपका बेला अस्पताल परिसरभित्रै सुरक्षाकर्मीले लाठीचार्ज गरेको, पत्रकार र निहत्था युवामाथि नजिकबाट गोली प्रहार भएको, केही घटनामा घाइतेमाथि कुटपिट गरिएको जस्ता दृश्यहरू प्रमाणका रूपमा संकलित गरिएको ह्यूमन राइट्स वाचले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट