काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । यससँगै, नेपाल उपविजेतामै सीमित बन्यो ।
नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गरेको हो । भारतकी फुला सरेनले अविजित ४४ रन बनाइन् । करुना कुमारीले ४२ रन बनाइन् ।
श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो ।
नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।
प्रतिक्रिया दिनुहोस