२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पच्चीसौँ आहा रारा पोखरा गोल्डकप माघमा हुदैँ

सोमवार , मंसिर ८, २०८२

गण्डकी, । पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घबाट माघ २७ देखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

राष्ट्रिय\अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या अझै टुङ्गो नलागेको उनेले बताए ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेको बताए । फुटबलको विकासका लागि पोखरा महानगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताए ।

प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र उप–प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ । गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।

पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमबाट रु २४ लाख १९ हजार सङ्कलन भएकामा रु छ लाख ७७ हजार खर्च भई रु १७ लाख ४१ हजार बचत भएको क्लबले जनाएको छ ।

बचत भएको रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने क्लबका महासचिव गङ्गाराम पौडेलले जानकारी दिए। ऐेकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट