२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सशस्त्र प्रहरी बल पर्साद्वारा ठूलो परिमाणमा गाँजा बरामद

सोमवार , मंसिर ८, २०८२

पर्सा । सशस्त्र प्रहरीले पर्सामा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल पर्साका प्रहरी प्रमुख एसपी  पुरनचन्द्र भट्टले पछिल्लो समय औषध नियन्त्रण सम्बन्धी विशेष चेकजाँच अभियान चलाएपछि पर्सामा ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्सा, ठोरी गाउँपालिका–४ मालिबस्ती नजिक नेपालबाट भारततर्फ जाँदै गरेको प्र.०२.००१ प ५२०२ र बीआर २२ एके २९४४ नम्बरका दुई मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

चेकजाँचको क्रममा चालक मोटरसाइकल छाडेर फरार भएपछि सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्की जाँच गर्दा करिब ९ केजी लागू औषध गाँजा लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला पारेको थियो।

बरामद गरिएको मोटरसाइकल, एण्ड्रोइड मोबाइल फोन १ थान र गाँजा अहिले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त कारबाही सम्बन्धी जानकारी सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ