२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जितमा सुदूरपश्चिम रोयल्सको ह्याट्रिक, कर्णाली याक्स ४५ रनले पराजित

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले लगातार तेस्रो जित हात पारेको छ ।

कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो ।

कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ रन बनाए । मार्क वाटले १७ रन बनाए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंह र अविनाश बोहराले २–२ विकेट लिए । स्कट कुगेलेइन र हेमन्त धामीले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियाे ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । आरिफ शेखले २७ र ररमित सिंहले १९ रन बनाए ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै, नन्दन यादव २ र मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट