२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

जेनजी आन्दोलनपछि सम्पर्कमा छैनन् २७ प्रहरी, ७ दिनभित्र हाजिर हुन निर्देशन

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । यी मध्ये दुई जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नआएका हुन् ।

कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पनि बुझाउन कार्यालयले भनेको छ ।

अन्यथा कानुनबमोजिम कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट