पर्सा । सशस्त्र प्रहरी बल, पर्साले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणमा चलाएको अभियान अन्तर्गत ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।
सोही अभियानअन्तर्गत विशेष सूचनाको आधारमा मंसिर ९ गते, पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नं. ५ बटसौरास्थित खेपरालको कुन्यु भित्र लुकाई राखिएको २१३ किलो ग्राम (दुई क्विन्टल तेह्र किलो ग्राम) गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल पर्साका प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्टका अनुसार बरामद गाँजा २० वटा पोकामा प्याक गरिएको अवस्थामा रहेको थियो ।
सशस्त्र प्रहरीले यस प्रकारका अभियानलाई निरन्तरता दिँदै लागुऔषध नियन्त्रणमा कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस