२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

पर्सामा एसपी पुरनचन्द्र भट्टको विशेष सक्रियता, दुई दिनमा २२२ केजी गाँजा बरामद

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले सीमावर्ती ईलाकामा हुने लागुऔषध ओसारपसार नियन्त्रण अभियान तीव्र रुपमा सञ्चालन गरेको छ ।

पर्साका प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्टले पछिल्लो समय लागुऔषध नियन्त्रण सम्बन्धी विशेष चेकजाँच अभियान चलाएपछि पर्सामा ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो । भट्टका अनुसार अभियान अन्तर्गत दुई दिनमा २२२ केजी गाँजा बरामद भएको छ ।

मंसिर ८ गते सोमबार नेपालबाट भारततर्फ जाँदै गरेको प्र.०२.००१ प ५२०२ र बीआर २२ एके २९४४ नम्बरका दुई मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको थियो ।

चेकजाँचको क्रममा चालक मोटरसाइकल छाडेर फरार भएपछि सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्की जाँच गर्दा करिब ९ केजी लागू औषध गाँजा लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला पारेको थियो।

त्यस्तै, मंसिर ९ गते, पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नं. ५ बटसौरास्थित खेपरालको कुन्यु भित्र लुकाई राखिएको २१३ किलो ग्राम (दुई क्विन्टल तेह्र किलो ग्राम) गाँजा बरामद गरिएको हो ।

एसपी भट्टले लागुऔषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट