logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • फेसबुकले प्रतिबन्ध लगाएपछि ट्रम्पकाे आक्रोश : जुकरबर्गलाई डिनरमा बोलाउने छैन

    फेसबुकले प्रतिबन्ध लगाएपछि ट्रम्पकाे आक्रोश : जुकरबर्गलाई डिनरमा बोलाउने छैन

    2.8K
    Shares

    काठमाडाैं । आफ्नो फेसबुक एकाउण्ट २ वर्षको लागि निलम्बन गरेपछि फेसबुकमाथि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । उनले फेसबुकमाथि आक्राेश पनि व्यक्त गरेका छन् । 

    उनले फेसबुकले आफ्नो एकाउण्ट दुई वर्षको लागि बन्द गराउँदा करोडौँ अमेरिकी नागरिकको अपमान भएको बताएका छन् । आफूलाई विश्वास गरेर भाेट दिने साढे सात कराेड अमेरिकीकाे फेसबुक प्रतिकाे विश्वास घात भएकाे पनि उनकाे भनाइ छ ।

    ट्रम्पले आफ्नो एकाउण्ट बन्द गरेको भन्दै फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गलाई ‘डिनर’मा नबोलाउने समेत बताएका छन् । ट्रम्पको ‘सेभ अमेरिका पोलिटिकल एक्शन कमिटी’ले जारी गरेको बयानलाई उद्धृत गर्दै ट्रम्पले जुकरबर्गलाई डिनरमा नबोलाउने बताएको बीबीसीले लेखेको छ ।

    शुक्रबार देखि ट्रम्पको फेसबुक र इन्स्टाग्रामलाई दुई वर्ष सम्मको लागि निलम्बन गरिएको छ । यो भन्दा पहिले गएको जनवरीमा अनिश्चितकालीन रोक लगाइएको थियो । ट्रम्पलाई ट्विटरले पनि प्रतिबन्ध लगाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend