२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक, चितवन राइनोज ४८ रनले विजयी

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै चितवन राइनोजले दोस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनायो ।

विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ रन बनाए । त्यस्तै, प्रतिश जिसीले ३० रन बनाए भने साम हिजलेटले २२ रन जोडे ।

चितवनका रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै, कमल सिंह ऐरीले २ विकेट लिए भने सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान एकरएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियाे ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

त्यस्तै, कप्तान कुशल मल्लले २० रन, सैफ जैबले ३२ रन, दीपक बोहराले ५ रन, डविड मलानले १७ रन र देव खनालले २८ रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २–२ विकेट लिए । शुभव रन्जनेले एक विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट