२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डेब्यु खेलमै पाँच विकेट लिएका रञ्जित भन्छन्, 'विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छ'

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन् ।

बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले भने, “विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले पनि सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।”

कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उनले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिए । कुमारले भने, “मैदानमा आउदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।”

विराटनगर किङ्ससँगको खेलमा उनले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पारे । १९ वर्षीय देब्रे हाते स्पिनर बलर रहेका रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किंग्सको यात्रामा ब्रेकसमेत लाग्यो । उनी  ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

लगातार तीन खेल जितेको विराटनगर चौथो खेलमा चितवनसँग पराजित भयो । पराजित भएपछि विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउँदै आगामी खेलमा पुनरागमन गर्ने बताए । उनले नेपाली क्रिकेटको प्रशंसा गर्दै एनपिएल नवयुवा खेलाडीका लागि राम्रो प्लेटफर्म रहेको धारणा व्यक्त गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट