काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । विहिबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा र हेमन्त धामीले ३–३ विकेट लिए भने स्कट कुगेलेइजन र हर्मित सिंहले पनि ३–३ विकेट लिए ।
अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित हुँदै ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस