२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

बिहिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै सर्वाधिक ५० रन बनाए । त्यस्तै दिनेश खरेलले ३९ रन बनाए भने, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन बनाए ।

बलिङमा जनकपुरका सञ्जय कृष्णमुर्तीले ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार