२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेन्जी आन्दोलनप्रति समर्पित ‘बिगुल’ को फस्टलुक सार्वजनिक

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । ‘बिगुल’ फिल्मको फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति आइतबार सार्वजनीक गरिएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्म माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ ।

सार्वजनिक तीन डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन् । दोश्रो पोस्टरमा बेनीशा,अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशीत मुद्रामा छन भने अर्काे पोस्टरमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएको छ ।

गत बैशाख दोश्रो साता शुभमुर्हत गरि जेठबाट छायांङकन थालिएको ‘बिगुल’ मा जुन बिषयबस्तु उठाइएको छ,सोही बिषय र माग लिएर गत भदौमा जेन्जीले देशब्यापी आन्दोलन गर्यो । जेन्जी पुस्ताले आन्दोलन गर्नुभन्दा ४ महिना अघिनै तिनै बिषय केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षले जनाएको छ ।

‘बिगुल’ मा हामीले उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको छ । त्यसकारण यो फिल्म हामीले जेन्जी आन्दोलनप्रति समर्पित गरेका छौं’ कथाकार तथा निर्माता दिनेश कोइराला भन्छन्,‘फिल्मले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको छ । आम नेपालीको समृद्ध र बिकसीत नयाँ नेपालको चाहनालाई सम्बोधन गरेको छ । जागरणको सन्देशका साथै प्रयाप्त मनोरञ्जनलाई समेत ख्याल गरिएको ‘बिगुल’ बिश्वभर रहेका नेपालीले हेर्नुपर्छ भनेर आह्वान गर्दछु ।’

निर्देशक कोइरालाले पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग,जहाँ भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा लेखिएको बताउँछन् । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ । समाजमा महिलाले गर्नुपरेको संघर्ष र बलिदानीको पारिवारिक कथा पनि समेटिएको उनी बताउँछन् ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत,तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रको सहनिर्मातामा सूर्य कान्त कोइराला र महेश कोइराला छन् ।

काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स्ले बितरण गर्ने चलचित्रको मोफसलको बितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ