२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत 'लाजै नमानी' सार्वजनिक

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक रोमान्टिक प्रेमिल 'लाजै नमानी' बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन्।

काजी लिम्बुले लेखेको कथा ‘लोकन्ती’ चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् ।

चलचित्रमा शंकर अधिकारी, डा.ओम कृष्ण प्रसाईं,दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

https://youtu.be/wqF7Vrb7czs

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ