logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० जना घाइते

    पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० जना घाइते

    3.5K
    Shares

    काठमाडौं । पाकिस्तानमा दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार कराचीबाट सरोगोधा गइरहेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट आइरहेको सर सैयद एक्सप्रेस राइती रेल्वे स्टेसननजिकै ठोक्किएका हुन् ।

    पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख गरे अनुसार दुर्घटनाग्रस्त डिब्बामा अझै पनि १५ देखि २० जना यात्रु फसेका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको घोट्कीका एसएसपी उमर तुफैलले डनलाई बताएका छन् ।

    समाचार अनुसार दुर्घटनामा ३० जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् । दुर्घटनामा कम्तीमा पनि १३ वटा डिब्बा लिकबाट पल्टिएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend