२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘एनआई ३१’ का इकाइहरुको कारोबार खुल्ला

बुधवार , मंसिर १७, २०८२

काठमाडाैं । नबिल म्युचुअल फन्डअन्तर्गतको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ योजनाका ईकाइहरुको खरिद बिक्री कार्य सुरु भएको छ।

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा संचालित एनआई ३१ का ईकाइहरुको खरिद बिक्री सोमबारबाट सुरु भएको छ।

यो योजनाअन्तर्गतको व्यवस्थित लगानी योजना (एसआइपी)मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिनदेखि लागू हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।

एनआई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौरस्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईटमार्फत खरिद बिक्री गर्न सकिन्छ।

इच्छुक लगानीकर्ताहरुले एसआइपीमार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन्। त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. एक हजारमा एसआइपीमार्फत एनआई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ