logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • एक महिनामै तोडियो रेकर्ड : दक्षिण अफ्रिकी महिलाले जन्म दिइन् दश शिशुलाई जन्म

    एक महिनामै तोडियो रेकर्ड : दक्षिण अफ्रिकी महिलाले जन्म दिइन् दश शिशुलाई जन्म

    4.9K
    Shares

    एजेन्सी । एक महिलाले एके पटक दश बच्चालाई जन्म दिएर नयाँ रेकर्ड बनाएकी छिन् ।

    दक्षिण अफ्रिकाकी गोसियामी सिटहोल नाम गरेकी ३७ वर्षीया महिलाले दश बच्चालाई जन्म दिएकी हुन्, जसमा सात छोरा र तीन छोरी भएको न्यूज एजेन्सी एएनएले जनाएको छ । गर्भवती अवस्थामा उनलाई चिकित्सकले ६ वटा बच्चा हुन सक्ने बताएका थिए । 
    अफ्रिकी मिडियामा उल्लेख भए अनुसार दश बच्चाको जन्मपछि सिटहोल दम्पत्ति निकै खुशी छन् ।

    उनीहरुको परिवारमा खुशी मनाइएको छ । सिटहोलले ७ जुनमा बच्चाहरुलाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चा सबैको स्वास्थ्य खतरामुक्त रहेको बताइएको छ । 

    एक महिना अघि मालीकी २५ वर्षीय महिलाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएर विश्व रेकर्ड बनाएकी छिन् । अब यो रेकर्ड सिटहोलको पोल्टामा गएको छ ।

    गिनिस बुक अफ वल्र्ड रेकर्ड्समा सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएर रेकर्ड बनाएकी थिइन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend