२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ