बारा । बारा–३ का रास्वपा सभापति भोला कुमार साह कानुले बारा–३ क्षेत्रमा लामो समयदेखि गर्दै आएको सामाजिक काम र सक्रिय भूमिकाका कारण स्थानीयवासीमा नयाँ विकल्पको रूपमा पहिचान बनाउँदै लगेका छन्।
समाजमा उनको पहुँच, युवा ऊर्जा र व्यवहारिक नेतृत्व क्षमता देखेर बारा–३ का नागरिकहरूले आगामी निर्वाचनमा उनलाई उमेदवारको रूपमा देख्ने चाहना व्यक्त गर्दै आएका छन्।

तलदेखि नै बढ्दो जनदबाबले “नयाँ अनुहार, सक्रिय युवा नेता” का रूपमा साहप्रतिको भरोसा झनै मजबुत भएको देखिन्छ।
स्थानीयवासीका अनुसार, दीर्घकालीन सामाजिक योगदान र समुदायप्रतिको प्रतिबद्धताका कारण चुनावी प्रतिस्पर्धामा उनलाई अघि सार्ने समय आएको छ।
नेतृत्व परिवर्तन र युवा पुस्ताको सहभागिताको माग बढ्दो भएकाे बेलामा भोला कुमार साह कानु बारा–३ मा रास्वपाबाट सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन्। सरकारले आगामी फागुन २१ गते प्रतिनीधि सभा सदस्यको निर्वाचन तोकेको छ ।

प्रतिक्रिया दिनुहोस