२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामान्य अङ्कले बढ्यो नेप्से, चार अर्ब पाँच करोड ३७ लाखको कारोबार

बुधवार , पौष २, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो ।

आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ