२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

बिहिवार , पौष ३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा गोरखापत्र संस्थानको आयोजनामा भएको आर्थिकसम्बन्धी सम्वाद कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अर्थतन्त्रको बिकास नभइ देशको बिकास हुन नसक्ने भएकाले आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

यादवले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न पनि सरकार र निजी क्षेत्रबीच सहकार्य र आपसी विश्वास आवश्यक रहेको धारणा राखे ।

वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै आर्थिक बिकासका कामलाई पनि संगसंगै अघि बढाउनु चूनौतिको काम रहेको उनले बताए । जलश्रोत, कृषि र पर्यटन लगाएतका क्षेत्रमा लगानी बढाएमा आर्थिक विकासले गति लिने उनको भनाइ छ ।

उनले पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेनजी आन्दोलनपनि सवैसंग बहस र छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट