logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुशान्तसिंह राजपुत आत्महत्याकाे एक वर्ष, अंकिताले लेखिन् ‘फेरि भेटाैँला’

    सुशान्तसिंह राजपुत आत्महत्याकाे एक वर्ष, अंकिताले लेखिन् ‘फेरि भेटाैँला’

    3.4K
    Shares

    काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको आज एक वर्ष पूरा भएको छ । १४ जुन सन् २०२० मा उनी मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । एक वर्ष बितिसक्दा पनि उनको आत्महत्याको कारण खुल्न सकेको छैन ।

    यसबिच सुशान्तको मृत्यु भएको एक वर्ष पूरा भएको दिन अंकिता लोखन्डेले सुशान्तलाई सम्झिएकी छिन् ।

    अंकिताले सुशान्तसँग सम्बन्धमा रहेका बेला खिचेका फोटो र सम्झनालाई एक भिडियो बनाएर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । उनले भिडियो पोष्ट गर्दै लेखेकी छिन् ‘१४ जून । यो हाम्रो यात्रा थियो, फेरि भेटौंला ।’

    सुशान्त र अंकिता टेलिश्रिखंला ‘पवित्र रिश्ता’ को सुटिङका क्रममा प्रेम सम्बन्धमा बाँधिएका थिए । सन् २०१६ मा उनीहरु ६ वर्ष लामो प्रेमसम्बन्धबाट छुट्टिएका थिए ।

    अघिल्लाे वर्ष १४ जुनमा के भयाे ?

    १४ जुन २०२० । आइतबारकाे दिन। दिउँसाे २ : ३० बजे । टिभी च्यानलमा सुशान्तकाे आत्महत्याकाे समाचार बज्न थाले । सुशान्तकाे मृत शरिर मुम्बइस्थित उनकाे घरमा मिलेकाे थियाे । पुलिसले भनेकाे थियाे उनले घरमा आत्महत्या गरे । पुलिसले उनकाे घरमा सुसाइड नाेट भेटेनन् । आत्महत्याका कारण आजसम्म पत्ता लाग्न सकेकाे छैन ।

    सबैभन्दा पहिला सुशान्तका घरेलु नाेकरले बांद्रा पुलिस स्टेशनमा फाेन गरेर सुशान्तकाे मृत्युकाे खबर दिएका थिए । उनकाे मृत्युमा प्रधानमन्त्री, मुख्यमन्त्री, क्रिकेट स्टार र तमाम बलिउडमा काम गरिरहेकाहरुले समवेदना प्रकट गरे । त्यतिबेला कसैलाई पनि थाहा थिएन कि उनकाे मृत्युपश्चात यस्ताे हंगामा हाेला भन्ने कुरा ।

    सुशान्त सिंह राजपुतका घरेलु सहयाेगीले मुम्बइ पुलिससँग बताए अनुसार, बिहान सब ठिकठाक थियाे । बिहान ६ : ३० मा सुशान्त सुतेर उठेका थिए । उनले ९ बजे अनारकाे जुस पनि पिएका थिए । त्यसपछि उनकाे बहिनीसँग कुरा भएकाे थियाे ।

    बहिनीसँगकाे कुराकानी पछि उनले आफ्ना साथी महेश सेट्टीसँग कुरा गरेका थिए । सुशान्तले आफ्नाे अन्तिम कल उनीसँग गरेका थिए । त्यसपछि उनी आफ्नाे काेठामा गए । जब १० बजे खानाका लागि सहयाेगीले ढाेका ढकढक्याउँदा उनले ढाेका खाेलेनन् ।

    त्यसकाे करिब २ घण्टापछि मेनेजरले सुशान्तकी बहिनीलाई फाेन गरे । त्यसपछि उनी आइन् र ढाेका खाेल्दा उनकाे मृत्यु भइसकेकाे थियाे । प्रहरीका अनुसार सुशान्तकाे मृत्यु १० देखि १ बजेकाे बीचमा भएकाे हाे । उनकाे शव साँझ ५ : ३० मा डाक्टर आर एन कपुर हस्पिटल लगिएकाे थियाे । जहाँ सुशान्तकाे शवकाे पाेस्ट मार्टम तीन जना डाक्टरले गरेका थिए । उनकाे अन्तिम संस्कार १५ जुनमा गरिएकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend