काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोही परिमाणको सुन बिहीबार प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस